सामाजिक सञ्जाल

केदारको प्रश्नः माहाधिवेशन सारेमा ओलीले आम निर्वाचन सारे काङ्ग्रेसको बिरोध गर्ने नैतिक्ता हुन्छ ?

२१ कात्तिक, बिराटनगर । नेपाली काँग्रेस प्रदेश नम्बर १ का प्रमुख सचेतक तथा युवा नेता केदार कार्कीले अमेरिका जस्तो बिशवकै सबैभन्दा बढी कोरोना प्रभाबित मुलुकमा राष्ट्रपतीय निर्बाचन सफल भएको भन्दै नेपालमा काँग्रेस महाधिवेशन गर्न नसकिने भन्ने हुनै नसक्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै नेता कार्कीले काँग्रेसले १४ औं माहाधिवेशन सार्ने छलफल गरेर पछि सार्ने निर्णय गरेमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना देखाएर आम निर्वाचन सारे बिरोध गर्ने नैतिक्ता हुन्छ ? नेपाली काङ्ग्रेस पदाधिकारी तथा के स ज्युहरु लाई प्रश्न गरेका छन् ।

उनकाे स्टाटस्ः कोरोना ले सबैभन्दा बढी मृत्यु हुने अमेरिका जहाँ रास्ट्रपतिको निर्वाचन सम्पन्न भो, भारतको बिहार राज्य को निर्वाचन र विभिन्न स्थानमा उपनिर्वाचन भैरहेको छ। हाम्रा प्रबक्ता अमेरिका पर्यवेक्षण गर्न जानू भको छ, यता हाम्रो लोकतान्त्रिक पार्टीमा अधिबेशन सार्ने बहस गर्दैछ्न् ! के सन्सारमा राज्यका कृयाकलाप रोकिन्छ ? कहि ओलिले कोरोना देखाएर आम निर्वाचन सारे बिरोध गर्ने नैतिक्ता हुन्छ ? नेपाली काङ्ग्रेस पदाधिकारी तथा के स ज्युहरु लाई प्रश्न ।
के को पुच्छर काटि ओलिलाई सजिलो