लुम्बिनी

कोरोना जितेका पत्रकार बर्माको निधन

धादिङ, २१ कात्तिक । राष्ट्रिय समाचार समिति (रासस) का धादिङ जिल्ला समाचारदाता सीताराम प्रसाद बर्माको आज बिहान उपचारका क्रममा ७९ वर्षका उमेरमा निधन भएको छ ।

किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए । उनले कोरोनाबाट भने विजय प्राप्त गरेको जनाइएको छ ।

नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाएका थिउ ।

करीब तीन दशकदेखि राससमा कार्यरत उनि राससबाट पनि सम्मानित भएका थिए । गोरखा पुख्र्यौली थलो भई धादिङलाई कर्मथलो बनाएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुँदै छ ।