पु.समाचार

विशेष आर्थिक क्षेत्र छिट्टै कार्यान्वयन हुन्छः उद्योगमन्त्री भट्ट

१७ कात्तिक, गोदावरी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहितको प्राविधिक टोलीले आज कैलालीको गोदावरी नगरपालिका–७ मा घोषणा गरिएको विशेष आर्थिक क्षेत्रको स्थलगत अवलोकन गरेको छ । मन्त्रीसहितको प्राविधिक टोलीले औद्योगिकस्थलको प्राविधिक पक्षको अवस्थाका बारेमा जानकारी लिन अवलोकन गरेको हो ।

सो क्षेत्रमा विषेश आर्थिक क्षेत्र स्थापना गर्न भूगोलको अवस्था, नीतिगत समस्यालगायतबारे जानकारी लिन टोलीले अनुगमन गरेको जनाइएको छ । टोलीले आर्थिक क्षेत्र छिटो सञ्चालन गर्न र प्राविधिक पक्षलगायतका बारेमा जानकारी लिएर निक्र्यौल गरिने मन्त्री भट्टले बताए ।

विषेष आर्थिक क्षेत्रका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेर कार्यान्वयनमा लैजाने उनको भनाइ छ । सो क्षेत्रमा स्थापना हुन लागेको विशेष आर्थिक क्षेत्रका लागि डिपिआर तयार गर्ने काम भइरहेको र आउने आर्थिक वर्षदेखि निर्माण कार्य शुरु गरिने जनाइएको छ ।