विचार/ब्लग

कोरोना महामारीको चपेटा मानिसलाई कहिलेसम्म ?

दीपीका खड्का/ मुलुकले यतिबेला बिश्वब्यापी माहामारी कोरोना र प्राकृतिक प्रकोपको सामना गरिरहेको छ । प्राकृतिक प्रकोपको कारण वाढी, पहिरो र डुवानहरुले गर्दा कयौं नागरिकले अकालमै ज्यान गुमाईरहेका छन् त सयौँ मानिसहरु बेपत्ता पनि भएका छन् । त्यसका साथसाथै धेरै नागरिक पहिरो र डुवानका कारण घरबार बिहीन भएका छन् । एकातिर कोरोना र अर्कोतिर प्राकृतिक प्रकोप लगायतका बिभीन्नले कारण बिश्व भरकासाथसाथै मुलुकका नागरिकको जनजिवन कष्टकर बनेको छ । बर्षायाम सुरु भए लगत्तै नेपालमा बाढी, पहिरो जस्तो धेरै घटनाहरु घट्यो । कोरोना माहामारीको कारण रोजगारी, पेसा, व्यवसायी ठप्प भई आर्थिक स्थिति नाजुक भईरहेको छ । मानिसहरुलाई दैनिक जिवनयापन गर्नको लागि निकै गाह्रो भईरहेका छ । साथै नेपालीहरुको महान चाड दशैँ आईसकेको छ । यस्तो माहामारीको समयमा मानिसहरुलाई कसरी जिबीकोपार्जन गर्ने भन्ने चिन्तामा रहेका छन् । सरकारले लामो समय सम्म लकडाउन गर्यो तर पनि यो माहामारी कम भएको छैन । झन् झन् बढ्दै गईरहेको छ । मानिसहरु दिनप्रतिदिन धेरै संख्याको दरले संक्रमित हुदै गईरहेका छन् । यस्तो माहामारीको अवस्थामा नागरिकले आफ्नो स्वास्थ्य सुरक्षा आफैं गर्नु पर्दछ । सरकारको निर्देशन सबैले पालना गर्नु पर्दछ । घरमा नै बसेर चाडबाडहरु मानाउनु पर्दछ । दशैँ तिहार आए पनि पोहोर सालहरुको जस्तो हर्ष कसैको मनमा पनि छाएको छैन । सबै जना बसेर मिलेर रमाईलो गर्ने समयमा एक्लै बसेर मनाउनु परिरहेका छ । सरकारले धेरै भिडभाड नगर्नु भनेर निर्देशन दिएका छ तर पनि मानिसहरु सरकारको निर्देशनलाई अटेर गरिरहेका छन् । लामो समय सम्म लकडाउनका कारण आफ्नो रोजगारी पनि बन्द भएका कारण मानिसहरु रोग र भोक दुबैसगँ लड्नु परेको छ । न खानलाई गाँस छ, न त बस्नलाई बास नै रहेको छ । निम्न आय भएका तथा गास, बाँस र कपासको लागी धौ-धौ परेका मानिसहरु लाई दशैँ हाईन दशा आएका जस्तो भएको छ ।
कोरोनाका कारण विश्वनै आक्रान्त बनिरहेका बेला नेपालमा कृषि क्षेत्रलाई केहि राहत मिलेको छ । अन्य वर्षहरुमा बाँझो हुने खेतबारी यतिबेला धान, मकै, तरकारीले भरिएको छ, कोरोना संक्रमणका कारण व्यवशाय प्रभावित भएपछि शहरमा बस्ने नेपालीहरु गाउँ गएर खेतीपातीमा व्यस्तभएपछि खेतबारी अलि बढी हराभरा भएको हो । माहामारीको कारण कृषि क्षेत्रमा भने राम्रो भएको छ । गाउँ फर्किएका युवाले कृषि क्षेत्रलाई यतिबेला महत्व दिएका छन् । तर पनि कृषि क्षेत्रको लागि चाहिने मल देखि लिएर बिउ(बिजन सहित भारतलगायतका अन्य मुलुकबाट आयात गर्नुपर्ने र उक्त अयात समयमा नहुने र किसानले समयमा नपाउँदा आशातित प्रतिफल पाउनसकिएको भने छैन । त्यसै समयमा सलह किरा नेपालमा भित्रियो, कयौं जिल्लाहरुमा अन्नबालीमा ठुलो क्षति पुर्यायो । लकडाउन सुरु भए सगैँ कयौं आत्महत्या, बलात्कारका घटनाहरुपनि सार्वजनिक, भए र भईरहेका छन्। अझै बलत्कार जस्तो घटना त हामीले दिनप्रतिदिन सुन्नुपरेको छ । यस्ता बलत्कारीहरुलाई सरकारले अझै पनि कडा सजायको ब्यबस्था गर्न सकेको छैन । मानिसहरुलाई कसरी रोग र भोकबाट बाच्ने भन्ने चिन्ता परेर कतिपयले त आत्मा पनि गरेका छन् । आर्थिक स्तर कम भएका लगायत विभिन्न समस्याले घेरिएर मान्छेहरु आत्महत्या गरिरहेका छन् । बिबिध कारणबाट मुलुकमा आत्महत्याका घटनामा बृद्धि भएको छ ।
नेपालको मात्र होईन अहिले विश्वको नै आर्थिक स्थीती कमजोर हुदैँ गएको छ । मुलुकभरी नै कोरोना भाईरसको महामारीका कारण विश्वको आर्थिक, सामाजिक, शैक्षिक लगायतको क्षेत्रमा नराम्ररी असर पुगेको छ । माहामाचरी यतिका महिना हुादा पनि कोरोना परीक्षणको दायरा बढाउन सरकारले सकेको छैन । त्यसैले दैनिकजसो मृत्यु हुने र संक्रमितको संख्या झनै बढ्दै गएको छ । धेरै मानिसहरुको रोजगार गुमेको छ । मानिसहरुको मनमा एक प्रकारको त्रास उत्पन्न भएको छ । कोरोना भाईरस फैलिएको आठ(नौ महिना भैसक्दा पनि यसको माहामारी कम हुनुको साटो झन् झन् बढ्दै गएको छ, मृतक संख्या दिनानुदिन बढिरहेका छन् । शैक्षिक, औद्योगिक, पर्यटन, मनोरञ्जनात्मक जस्ता धेरै क्षेत्रहरु बन्दप्रायः छन् । बालबालिकालगायत धेरै बिद्यार्थीहरुको पठन पाठन आदिमा नै रोकिएको छ । सरकारले बैकल्पिक विधिले बिद्यार्थीहरुको पढाई सुरु गरिरहेको छ तर यो ग्रामीण क्षेत्रमा यो सम्भव रहेको छैन । उनीहरुको लागी पनि छुट्टै नियम कानुनहरुको ब्यबस्था गर्नु पर्दछ । काम गर्नको लागि सरकारले लकडाउन गरेको यस्तो माहामारीको समय छ काम नगरे त कसरी आफ्नो परिवारको पेट कसरी पाल्ने भन्ने चिन्ता रहेको छ । यस्ता दशौं हजार मानिसहरु गम्भीर समस्याको चपोटामा परेका छन् । कोरोना संक्रमण कम भएको भन्दै सरकारले लकडाउन खोलेपछि देशैभरी कोरोनाको जोखिम झनै बढेको छ । मानिसहरुमा मानसिक तनाव थप बढ्दै गएको छ । कसरी यो माहामारीको सामाना गर्ने भनेर हरेक ब्यक्तिहरुमा तनाव सिर्जना भएको छ । कारोना माहामारीले मानिसको आर्थिक जीवनमा ठुलो धक्का पुर्याई दिएको छ । यो माहामारी नियन्त्रणको लागि सबै जनाले सरकारले गरेको नियम सबै जनताहरुले पालना गर्नुपर्दछ । धेरै भीडभाडमा नजाने, माक्स, सेनिटाईजर जस्ता कोरोना भाईरसबाट बच्ने उपायहरुको अनिवार्य रुपमा अबलम्बन गर्ने गर्नुपर्दछ ।
चिनको वुहानबाट निस्किएको यो कोरोना भाईरस फैलिएको ८(९ महिना भैसक्दा पनि अहिले सम्म विश्वको कुनै पनि राष्ट्रले यसको औषधि पत्ता लगाउन सकेका छैन । यो रोग न्युनिकरणका लागि आफैले सर्तकता अपनाउनुपर्ने बिश्व स्वास्थ्य संगठनले बताएको छ । एकजनाको सानो गल्तीले गर्दा सयौँ मानिसहरुको ज्यान जान सक्दछ त्यसैले उच्च सर्तकता अपनाउनु पर्दछ । चिनमा निस्किएको यो रोग अहिले विश्वभर नै माहामारीको रुपमा छाएको छ । विश्वको नै आर्थिक अवस्था कमजोर हुदैँ गईरहेको छ । यस्तो समयमा हामीहरु आफु जँहा छौ त्यही सुरक्षित भएर बस्नु पर्ने कर्तव्य भएको छ । बिकसित मुलुकमा झन् धेरै संक्रमितहरुरु देखा परेका छन् । अमेरिका जस्तो शक्तिसाली देशमा त विश्वको नै सबै भन्दा धेरै संक्रमण देखिएको छ । यसरी धेरै समयसम्म कोरोनाको माहामारी कुनै पनि औषधी न निस्कने र झन् बढ्दै जाने हो भने विश्वमा नै भोकमारी आउने छ । त्यसैले हामीले बेलामा नै सर्तकता अपनाउनु पर्दछ । सबै जना सर्तक भएर बस्नु पर्दछ । बेलायत, फ्रान्स जस्ता मुलुकले कोरोना संक्रमण ह्वात्तै बढेपछि मुलुकमा पुनः लकडाउन घोषणा गरेका छन् । नेपालमा पनि लकडाउन पुनः दोहोरिने हो कि भन्ने चिन्तामा नेपालीहरु भएका भएपनि सरकारले पुनः लकडाउन नहुने दाबी गरिसकेको छ । बिश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सम्बन्धी आधिकारिक निकायको नियम, निर्देशन सबैले मान्नै पर्ने बाध्यात्मक अवस्था बुझ्न जरुरी छ । भारतलगायतका मुलुकमा काम गर्न गएका नेपालीहश्र कोरोना माहामारी भएका बेला आफ्नो मुलुक फर्किएक भएपनि पछि बिस्तारै पुनः बिदेशीने क्रम शुरु भएको छ त्यो मुलुकका लागि राम्रो पटक्कै होईन, मुलुकमा बाँच्ने अवस्था नभएपछि सरकारको मुख नताकी पुनः आफूले काम गर्ने स्थानमा जान लाईन लाग्नु युवाहरुमा बितृष्णा पुनःशुरु भएको देखिएको छ ।त्यसका लागिसरकारले माहामारीलाई सदुपयोग गर्दै युवाहरुलाई मुलुकमा नै बस्ने
वातावरण बनाउनतिर लाग्न जरुरी छ । माहामारी सबैका लागि हो, यसलाई अन्त्य गर्न एक जुट हुन जरुरी भएपवनि सरकारले समन्वयका भूमिका भने खेल्न जरुरी छ ।