विचार/ब्लग

लोकतान्त्रिक संस्कार काँग्रेसले सिकाउने होइन ?

प्रा. डा. नृसिह कुमार खत्री/ नेपाली काँग्रेस जस्तो पार्टीले कसैलाईपनि, कहिलेपनि असम्भव, अन्योलताको अनन्त यात्रामा साथ दिनु हुदैन । वीपीले भनेजस्तो माथिका दुई बिषयहरु राष्ट्रियता र राजतन्त्रको बारेमा जीउदो जाग्दो राजनीतिसग, नेपाली काँग्रेस एकाकार भएर नेपालको अस्तित्व जोगाउनु पर्दथ्यो तर विगतमा काग्रेस कहाँ चुक्यो । कसैको वहकाउ, हावादारी तर्क, असम्भव कल्पना, भावावेशी उत्तेजनामा राजनीति तथा राष्ट्रियता चकनाचुर हुनेगरी कसैसंगपनि सम्झौता गर्न मिल्दैन सकिदैन ।
देश विदेशमा मानिएको विद्धान डा. वावुराम जी २०५२ सालमा जनयुद्धको डिजाइन गरेर काम नलागेपछि अहिले जनयुद्धका सेना विगठन गरी, पार्टी विगठन गरेर आज नेपालको अस्तित्व पो लोप हुने होकि ? भनी अलाप विलाप गरी छोटा लेखहरु प्रक्षेपण गरेको पाइन्छ । तर नेपाली जनताहरु उनलाई सोधी रहेकाछन कि “गोरु जोत्न नसक्नेले सिह जोत्ने दुस्साहश गर्नु कतिसम्म जायज थियो ?” इतिहासमा उनलेचाहि गरेको महान भूलको प्रायश्चित गर्नु पर्दैन ? के व्राम्हण भएकै कारणले सात खत, सात वात माफी मिनाहा हुन्छ ? उनले पनि २०४७ सालको निर्वाचनमा भाग लिएको होइनन ? यदि नेपालको अस्तित्व संकटमा पर्यो भने त्यसको पहिलो मूल्य गणतन्त्रवादीहरुले तिर्नु पदैन ? कि उनीहरुले छुट पाउदछन्? गणतन्त्र विफलताको मोल को कस्ले तिर्नु पर्ने हो ?
वर्तमान हाम्रो प्रधानमन्त्री सम्माननीय ओली साहेवले भविष्यको नेत्रित्व लिनलाई नेता पूर्व प्रधानमन्त्री माधव नेपालजीलाई तयार रहनु भनी सकेकाछन् भन्ने पनि छापामा देखियो । “राजतन्त्रको वारेमा जनमत संग्रहमा गएर निर्णय गर्नु पर्दछ भन्ने वृहत शान्ति सम्झौताको मिति २०६३।७।२२ को फरक मत अव फेरी एमालेले व्यूझेर वोकेर हिड्दाखेरी कांग्रेस गोटी चाल्नमा धेरै पछि परेको हुने छ” ।
उच्चाइको यात्रा गर्नेले तयारी, वन्दोवस्त, श्रोत साधनको व्यबस्था तालिम सहित सगरमाथा मकालु हिमालतिरको चढने यात्रा सुरु गर्नु पर्दछ । नाम्चे माथि वेश क्याम्पमा पुगियो भनेपनि शक्तिशाली दूरवीनले धेरै लामो दूरीसम्म देखेर, सोच विचार धारणा वनाउनपनि सकिन्छ । ठीक त्यसै गरी सदाचारी नेता, जनताको प्रतिनिधि, प्रशासन, असल, गुणी सेवा प्रदायक भयो भने त्यसले गुणस्तरिय सेवा दिन्छ र सधैंं असल कार्य गर्दछ । यसले सिष्टम वा प्रणाली पनि बस्दछ । सधैं लोकतन्त्रबादीहरुले व्यक्तिबाट असल प्रणाली, त्यसपछि असल व्यवस्थापन तिर बाटो लिनु पर्दछ । जसरी कमिनिष्टहरुले राज्य शासन लिएपछि पूँजीवाद तिरको यात्रा भनेर अनेक तर्क गरी आपनो भ्रष्टाचार गलत कार्यलाई पुष्ठयाई गर्दछन् तर जनतालाई विश्वास गर्न लाग्दैन । लोकतन्त्रवादीहरुले व्यक्ति सशक्त, सवलीकृत र अधिकार सम्पन्न बनाएर त्यसको आधारमा प्रणालीको विकास तथा व्यवस्थापना गर्ने नीति लिने हो । यही नीति वहुदलीय जनबाद मान्नेहरुले पनि गर्ने गराउने हो भन्ने अहिलेको काम गराइबाट देखिन्छ ।
ठीक त्यसरीनै सदाचारी नेता, जनताको असल प्रतिनिधी, प्रशासक तथा सेवा प्रदायक भयो भने त्यसले राज्यलाई गुणस्तरिय सेवा दिन्छ । सधैं असल कुशल काम कारवाही गर्दछ । जनताको उन्नति प्रगति, समृद्धि, हुन्छ उनीहरु खुशी तथा सुखी रहन्छन । सरकारलाई कर, शुल्क, दस्तुर तथा महशुलपनि राजिखुशीले तिर्दछन ।
जनता वसेको माटोसंग जनताको जीवन, जीवको पद्धति संस्कार तथा संस्कृति जोडिएको हुन्छ । संस्कार तथा संस्कृति असल भएमा त्यसले समाज र ससारलाई परिवर्तन गर्न गराउन सम्भव छ । यो भावना जनताहरुको मन मश्तिष्कमा भर्न सकेमा यही भावनाले यी दुई ठूला देशहरुको बीचमा रहेको सानो सुन्दर तथा शान्त विशाल देश, नेपाल र नेपालीले पनि आपनो अस्तित्व जोगाएर बाँच्न सक्नेछन् भन्ने वीपीको सोच विचार थियो ।
नेपालीहरु साथ र सहयोग पाएको अवस्थामा पौरखी, श्रृजनशील, सभ्य तथा अनुशासित, चरित्रवान भएर वाँच्न सक्दछन् । यो किन वीपी कोइरालाले भनेका थिए भने त्यसवेलामा “कमिनिष्ठहरु अन्तर्राष्ट्रियता वादी भएकालेपनि सर्वहारा विश्वक्रान्तिको अभियानमा हामी अन्तर्राष्ट्रियता वादी हौ भन्लान वा भन्दछन्” तर छिमेकी देश भारत तथा उत्तरको छिमकी देश चीन दुवै आपनो राष्ट्रियताको समर्थन गर्दै उनीहरु राष्ट्रवादी धारामा अडिएर चलेका छन्, चल्नेछन् भन्ने वीपीले भोगेर जानेका थिए । त्यसकारणपनि बीचमा अवस्थित नेपालले आपनो राष्ट्रको हित, जित हुने गरी आन्तरिक तथा वाहय नीति अपनाएमा त्यसले नेपाल तथा नेपालीको हित हुनेछ भन्ने उनले राम्ररी जानेका थिए ।
राष्ट्रियताको सुरक्षाकालागि नीति तथा सिद्धान्तमा अडेर हालसम्मपनि चीनले माओ, चाउएनलाई, देगशियाओपिङ्ग तथा सिशनजीन पिङ्गको नीति अपनाएका छन भने भारतले जवाहरलाल नेहरु, लाल वहादुर शास्त्री, ईन्द्र कुमार गुजराल तथा अटल बिहारी वाजपेयीको नीतिलाई अपनाएका छन । छाडेका छैनन । हाल काश्मिरमा भारतीय संविधानको धारा ३७० मा भएको जम्मू तथा काश्मिरमा बिशेष व्यवस्था गर्न सक्ने छ भन्ने संवैधानिक व्यवस्था हटाइएको मोदीजीको कार्य नेहरु तथा सरदार वल्लभ भाईपट्टेलको विराशदमा आधारित देखिन्छ ।
यसको विपरित नेपालमा भने राजाले काग्रेसको विनाश गर्ने, काग्रेसले पन्चायतको, पन्चायतले वहुदलवालाका, कमिनिष्टले काँग्रेसका, काग्रेसले कमिनिष्टको यस्तो भद्रगोल काम तरिका, नीति तथा विधिले नेपाल जस्तो राज्यको सुव्यवस्थित सन्चालन गर्न सकिदैन ।
राज्यको शक्ति हत्याउनका लागि गुटवन्दी र अपवित्र गठवन्धनपनि गरी हाल्ने, जनतालाई झुक्याएर भ्रममा पार्ने, सरकारमा जाने तर काम भने उल्टो र भ्रष्टाचार मात्र गर्ने गरिन्छ । त्यसरी प्रयास गरियो भने अराजकता, भ्रष्टाचार, विधिहीनता, अन्याय बढदछ र विदेशीहरुको सिमा अतिक्रमण तथा आन्तरिक राज्य शासनमापनि घुशपैठ बढेर जान्छ र राष्ट्र कमजोर हुन्छ । काँग्रेसले यस्ता कामकुराहरुबाट राष्ट्रियताको शुत्रहरुलाई भरथेग गर्ने योजना, नीति कार्यकमहरु बनाएर प्रचार प्रसार गर्नु पर्दछ । किनभने जेठो बाठोलेनै घरमा अरुलाई असल संस्कार सिकाउने हो । काग्रेस जेठाबाठो भएकोले यो काम उसैले गर्ने गराउने हो ।