राजनीति

केन्द्रीय स्तरका केसीलाई महामन्त्री खड्काले गराए काँग्रेस प्रवेश, नेकपा ललितपुरलाई धक्का

१३ कात्तिक, काठमाडौं। नेकपाका ललितपुर जिल्ला सचिवालय सदस्य गणेश केसी नेपाली काँग्रेस प्रवेश गरेका छन् । गत स्थानीय तहको निर्बाचनमा स्थानीय तहको निर्बाचनमा मेयरमा टिकट नपाएपछि नेकपा माओबादी प्रवेश गरेका उनी पार्टी एकीकरणपछि नेकपाको जिल्ला सदस्य बनेका हुन् । पहिले केन्द्रीय महाधिवेशन केन्द्रीय आयोजक समिति सदस्यसमेत भएका थिए ।
नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले महाँकाल गाउँपालीकाका नेकपाका इन्चार्जसमेत रहेका केसीलाई काँग्रेस प्रवेश गराएको नेपाली काँग्रेस खेलकुद बिभाग प्रमुख मीनकृष्ण महर्जनले पुष्टी गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा युवा बिभाग प्रमुखसमेत रहेका काँग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, जिल्ला सभापति मदन अमात्यलगायत नेताहरुको उपस्थिति थियो । केसीको प्रवेशले नेकपाको संगठन ललितपुरको ठुलै धक्का लागेको स्थानीयको बिश्लेशण छ । माओबादी र एमाले मिल्नुभन्दा अगाडी नेकपाको केन्द्रीय स्तरमा पुगीसकेका केसीको प्रवेशले नेकपालाई ठुलै राजनीतिक घाटा हुने संकेत देखिएको छ । केसीसंगै अन्य दर्जनौं नेकपाका नेता कार्यकर्ताले काँग्रेस प्रबेश गर्ने बताईए पनि कोरोना माहामारीका कारण भीड गर्न नमिल्ने भएकाले अन्यलाई पछि बिस्तारै प्रवेश गराईने बताईएको छ ।