गण्डकी प्रदेश

चितवन मेडिकल कलेजमा उपचाररत ७३ वर्षे कोरोना संक्रमित बृद्धको मृत्यु

१३ कार्तिक, चितवन । कोरोना संक्रमणका कारण चितवनमा थप एक बृद्धको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालीका का ७३ वर्षे बृद्धको मृत्यु भएको हो ।

मधुमेहबाट पीडित बृद्धको गएराति उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिएका छन् ।

स्वास–प्रस्वासको समस्या आएपछि अस्पताल भर्ना भएका उनका कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।