राजनीति

नेपाल विश्वबाटै हराउने हो कि भन्ने चिन्तामा छुः डा भट्टराई

१३ कात्तिक, काठमाडौं । जनता समाजबादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले अहिले देशमा को आयो र गयो भनेर रोइलो चलिरहेको वेला मचाहिं हाम्रो देश विश्वरक्षेत्रीय सामरिक राडारबाटै हराउने हो कि भन्ने चिन्तामा पो छु भनेका छन् । कोरोना संक्रमणका कारण पत्नी हिशिलासहित आईसोलेशनमा रहेका डा भट्टराईले हाम्रो आँगन जत्रो माल्दीभ्स र रूआण्डामा शक्तिराष्ट्रका नेता ओइरिने तर हामीकहॉ खै ? प्रश्न गरेका छन् । पुर्व प्रधानमन्त्रीसमेत रहेका उनले तपाईंको घरमा मुसो र भिखारी पनि आएन भने आफ्नो हैसियत बुझ्नूस् ! जनतालाई सम्झाउनसमेत खोजेका छन् ।
डा भट्टराईको ट्वीटः अहिले देशमा को आयो र गयो भनेर रोइलो चलिरहेको वेला मचाहिं हाम्रो देश विश्वरक्षेत्रीय सामरिक राडारबाटै हराउने हो कि भन्ने चिन्तामा पो छु! हाम्रो आँगन जत्रो माल्दीभ्स र रूआण्डामा शक्तिराष्ट्रका नेता ओइरिने तर हामीकहॉ खै ? तपाईंको घरमा मुसो र भिखारी पनि आएन भने आफ्नो हैसियत बुझ्नूस् !