राजनीति

शेखर आक्रोसितः कहाँ छ कानूनी राज्य ? जनता न्याय माग्न कहाँ जाने ?

१३ कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोईराला नेकपा पर्साका नेता मुकेस चौरसिया हत्याकाण्डलाई लिएर आक्रोसित भएका छन् । नेकपाकै सरकार रहेको बेलामा पनि एक निर्दाेशले न्याय नपाएको भनि चौतर्फि टिप्पणी भएकाबेला नेता डा.कोईरालाले कहाँ छ कानूनी राज्य ? जनता न्याय माग्न कहाँ जाने ? भन्दै आक्रोस व्यक्त गरेका हुन् ।

कार्तिक ६ गते पर्साको विन्दवासिनी गाउँपालीकामा सत्तारुढ नेकपाको दुई समुहबीच भएको झडपमा चौरसियाको मृत्यु भएको थियो । हत्याको धेरै दिन भएकाले चौरसियाको सब सड्न लागेको बताईएको छ भने अर्काेतर्फ नेकपा स्थानीयतथा आफन्तहरु हत्यामा संलग्नलाई कारबाहि नगरेसम्म शव नबुझ्ने भन्दै दैनिकजसो बिरोधका कार्यक्रमलाई जारी राखेका छन् ।

तर प्रहरी प्रशासनले भने दबाबमा परि आफुहरुको जाहेरी समेत लिन समेत नमानेको चौरसियाका परिवारको आरोप छ । नेता कोईरालाले दण्डहिनताले सीमा नाघिसकेको बताएका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले विज्ञप्तिा नै जारी गरेर उक्त हत्याको छानबिनगरी हत्यारालाई कारबाहि गर्न सरकारसंग माग गरेका छन् भने नेकपा पर्साले बुधबारमात्र प्रमुख जिल्ला अधिकारी माफर्त प्रधानमन्त्री ओलीलाई हत्यारालाई कारबाहिको माग गर्दै ज्ञापनपत्र समेत बुझाएको छ ।

डा.कोईरालाले अगाडी भनेका छन्ः व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गर्न जाँदा प्रहरी मुद्दा दर्ता गर्न मान्दैन । तैपनि हामी कानूनी राज्यको कुरा गर्छौं ।

उनको ट्वीटः दण्डहिनताले सिमा नाघिसक्यो । व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गर्न जाँदा प्रहरी मुद्दा दर्ता गर्न मान्दैन । तैपनि हामी कानूनी राज्यको कुरा गर्छौं । तर कहाँ छ कानूनी राज्य ? जनता न्याय माग्न कहाँ जाने ?