आर्थिक

नबिल एडीबीको“नेपालमा अग्रणी पार्टनर बैंक”अवार्डबाट सम्मानित

१२ कात्तिक, काठमाडौं । नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिइएको छ । एशियालि विकास बैंकको TSCF द्वारा व्यापार बित्तको बजारलाई उत्थानगर्दै व्यापार बढावा दिने उदेश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्दछ । ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋण मार्फत बजारमा रहेका कठिन्यायिहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिलगर्न देशहरूलाई सशक्तगर्दछ ।
एडीबी व्यापार वित्तकार्यक्रम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०१९ देखि ३० जून २०२० सम्म नेपालमा TSCFP संग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।
सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायानुकुल सेवा प्रदानगर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिलरेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिगं क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिगं विकासको इतिहासमा कोसेढुगांको रुपमा कामगर्दै आएको छ ।