पु.समाचार

२४ घण्टामा ११ को मृत्यु, १९ सय ५४ थपिए कोरोना संक्रमित, २९८१ भए डिस्चार्ज

१२ कात्तिक, काठमाडौं । २४ घण्टामा १९ सय ५४ जना कोरोना संक्रमित थपिएको पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २९ सय ८१ जना डिस्चार्ज भएका छन् भने कोरोनाका कारण यस अबधीमा ११ जनाको निधन भएको छ । ८ हजार २४८ जनाको परीक्षण गरिएको अवस्थामा उक्त संक्रमण पुष्टी भएको हो । अहिलेसम्म कोरोना जित्नेको संख्या १ लाख २१ हजार ८२४ रहेको छ ।काठमाडौं उपत्यकामा भने ८४३ जना संक्रमित थपिएका छन् ।