राजनीति

गुरुगंको ओलीसँग आक्रोशित हुँदै प्रश्नः नेकपाको राज्यसत्ता हत्याराहरुको संरक्षक हो?

१२ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले नेकपाको राज्यसत्तामा न्याय मरेकै हो? नेकपाको राज्यसत्ता हत्याराहरुको संरक्षक हो? भन्दै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर प्रश्न गरेका छन् । नेता गुरुगंले प्रधानमन्त्रीलाई ट्वीटमार्फत ट्याग गर्दै, ‘नेकपा कै सरकार! नेकपा कै कार्यकर्ता मुकेश चौरासियाको हत्या! मुकेशको हत्या सम्बन्धि जाहेरी समेत दर्ता गर्न मान्दैन राज्यसत्ता! यस घट्नाबाट नेकपाको राज्यसत्ताले कस्तो सन्देश दिन खोजेको हो?’ भन्ने तीन करोड नेपाली जनताको सवालको प्रश्न सरकारमाथी गरेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दहाललेसमेत मुकेश चौरासियाको हत्याको छानविनका लागि विज्ञप्ती नै निकालेर अपील गरेपनि प्रधानमन्त्री ओली यस बिषयमा बोलेका छैनन् । प्रमुख प्रतिपक्षी दल काँग्रेसलेसमेत केहिदिन अगाडी घटना छानविन गरि दोषीलाई कडा कारबाही गर्न माग गरिसकेको अवस्थामा नेता गुरुगं भावुक हुँदै नेकपा र ओली सरकारमाथी गम्भीर प्रश्न सोधेका छन् । पर्सामा नेकपाकै नेताहरु दोषीलाई कारबाहीको माग गर्दै अनशन बसेका छन् । नेकपाकै सरकार हुँदा नेकपाकै नेता कार्यकर्ता अनसन बस्नु हाँस्यास्पद छ छँदैछ, न्यायसंगन पनि नभएको नेता गुरुगंको संकेत छ ।
नेता गुरुगंको ट्वीटः नेकपा कै सरकार! नेकपा कै कार्यकर्ता मुकेश चौरासियाको हत्या! मुकेशको हत्या सम्बन्धि जाहेरी समेत दर्ता गर्न मान्दैन राज्यसत्ता! यस घट्नाबाट नेकपाको राज्यसत्ताले कस्तो सन्देश दिन खोजेको हो? नेकपाको राज्यसत्तामा न्याय मरेकै हो? नेकपाको राज्यसत्ता हत्याराहरुको संरक्षक हो?