राजनीति

सॅग्रौलालाई गाली गर्दै डा भट्टराई भन्छन्,‘बिपीलाई बाचुन्जेल दलाल/गद्दार भन्ने, मरेपछि पुज्ने मेरो देश!’

१२ कात्तिक, काठमाडौं । जनता समाजबादी दलका अध्यक्ष डा बाबुराम भट्टराईले बिपी र पिएललाई बाचुन्जेल दलाल र गद्दार भन्ने र मरेपछि पुज्ने मेरो देश! अनि हामी पछि नपरे को त ? भन्दै प्रश्न गरेका छन् । पुर्व प्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले खगेन्द्र सॅग्रौलाजस्ता बौद्धिक व्यक्ति समेत आफ्नो कान नछामी कागको पछि दौडिने देशमा अरूबाट सत्यरन्याय, बुद्धिरविवेकको के अपेक्षा गर्नु ? भन्दै उक्त प्रश्न गरेका हुन् । डा भट्टराईले भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश! भन्दै आश्चार्य मानेका छन् ।
डा भट्टराईले लेखक तथा बुद्धिजीवी खगेन्द्र संग्रौलाको स्टाटसलाई प्रतिकृया दिँदै उनलाई घुमाउरो पारामा गालीसमेत गर्दै उक्त टिप्पणी गरेका हुन् । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामान्त कुमार गोयललाई पुर्व प्रधानमन्त्री डा भट्टराईले गोप्य भेटेको भन्ने संग्रौलाको ट्वीटमा डा भट्टराईको प्रतिकृया आएको हो । गोप्य रुपमा नेपाल आएका गोगलसंग प्रधानमन्त्री केपी शर्मा ओलीसहित डा भट्टराईल पनि भेटेको समाचार आईरहेका बेला डा भट्टराईको सचिवालयले नभेटेको स्पष्टिकरण दिएपनि मिडियामा उनले भटेको समाचार आईरहेको छ ।

संग्रौलाको टेवीटमा डा भट्टराईको प्रतिकृयास्परुपको ट्वीट, ‘खगेन्द्र सॅग्रौलाजस्ता बौद्धिक व्यक्ति समेत आफ्नो कान नछामी कागको पछि दौडिने देशमा अरूबाट सत्यरन्याय, बुद्धिरविवेकको के अपेक्षा गर्नु ? भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश! बिपी र पिएललाई बाचुन्जेल दलाल र गद्दार भन्ने र मरेपछि पुज्ने मेरो देश१ अनि हामी पछि नपरे को त ?’
संग्रौलाले यसो भनेका छन्, ‘डा.बाबुराम भट्टराई ‘रअ’ प्रमुख सामन्त गोयल्सलाई सुटुक्क भेट्ने,सामन्त गोयल्स बाबुराम भट्टराईका देहमा सुटुक्क कोरोना भाइरस सल्काउने! अनि यता बाबुराम आइसोलसनमा,उता सामन्त आइसोलेसनमा। देहमा भाइरस सल्काइनु सामान्य कुरा हो, दिमागैमा भाइरस सल्काए कि भन्ने आशंकाले पो सतायो!’