मनोरञ्जन

आँचल शर्मा र सागर लम्साल (बले) अभिनित अष्ट्रेलिया जाउली माया’ सार्वजनिक

१२ कार्तिक, काठमाडौं । कोरियामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक दिल बिश्वकर्माले आफ्नो पहिलो डेब्यु गीत अष्ट्रेलिया जाउली माया’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

डान्सिङ बिटको यस गीतमा स्वर गायक दिल विश्वकर्माको रहेको छ भने प्रकाश न्यौपानेको शब्द रहेको छ ।तिलक बस्नेतले संगीतवद्द गरेको गीतलाई रमेश सेन्चुरीले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा नायिका आँचल शर्माको साथमा कलाकार सुलेमान शंकर (इकु) र सागर लम्साल बले फिचर्ड छन् ।

सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्सव दहालले छायांकन गरेका हुन्। विकाश दहालले सम्पादन गरेको भिडियोलाई मुस्कान ढकालको निर्देशनमा तयार पारिएको हो।

गितको भिडियोः