मनोरञ्जन

“मन ठूलो कि धन” ? भन्ने प्रश्नको जवाफ लिएर आए स्वरुपराज र समृद्धि

१२ कार्तिक, काठमाडौं । “मन विनाको धन”गीतका रचनाकार बिराजको शब्द रहेको नयाँ गीत “जून बद्लेर”स्वरुपराज आचार्य र बाल गायिका समृद्धि तिमल्सिनाको सुमधुर स्वरमा सार्वजनिक भएको छ।

संगीतकार चक्रपाणि तिमल्सिनाद्वारा संगीतबद्ध गरिएको गीत कुमार थापाले संगीत संयोजन गरेका छन् ।
अकष्टिक नेपाल, नक्सालमा रेकडिङ्गभएको गीतका रेकर्डिस्टराजा बाबु चौधरीहुन् भने ध्वनी सम्पादन तथा तथा मास्टरिङ वरिष्ठ साउण्ड इन्जिनियर प्रकाश मिश्रले गरेका छन् ।

कंगारु क्रियसन्स प्रा.लिको ब्यानरमा तयार भएको म्युजिक भिडियोको निर्देशन तथा सम्पादन रवि लामाले गरेका हुन् । क्यामरामा रक्की रहेका छन् । उक्त गीत संगीतकार चक्रपाणि तिमल्सिनाको आफ्नै युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

गितको भिडियोः