आर्थिक

आजदेखी बैंक, वित्तिय संस्था तथा सरकारी कार्यालयहरु खुल्ने

१२ कार्तिक, काठमाडौं । आजदेखी बैंक तथा सरकारी कार्यालयहरु खुल्ने भएका छन् । दशैंका कारण बन्द भएका सरकारी कार्यालय, बैंक तथा बित्तिय संस्थाहरु आजदेखी सञ्चालनमा आउने भएका हुन् ।

कार्तिक ७ गते सप्तमीदेखी बन्द भएका बैंक, सरकारी कार्यालयहरु दशैं बिदा सकिएपछि आजदेखी खुल्ने भएका हुन् ।

यस्तै दशैंबिदा सकिएसंगै दशैं मनाउन गाउँघर गएकाहरु फेरी काठमाडौं लगाएतका सहर आफ्नो (कार्यक्षेत्र)मा फर्कन थालेका छन् जसले गर्दा विस्तारै चहल-पहल बढ्न थालेको छ ।

यस्तै मुलुकैभरी फैलिएको कोरोना महामारीका कारण यस वर्षको दशैंमा काठमाडौं लगाएतका सहरमा खासै चहल-पहल थिएन ।

यस्तै दशैंको तेस्रो दिन आजपनि मान्य-जनबाट टिका/जमरा लगाईँदै छ । मुलुकमा दशैंबिदा सकिएसंगै आजदेखी काठमाडौं उपत्यकामा चहल-पहल फेरी बढ्ने देखिएको छ ।