पु.समाचार

असोज २१ देखी बन्द तातोपानी नाका आजदेखी पुनः खुल्ने

११ कार्तिक, काठमाडौं । खुलेलगत्तै बन्द भएको चीन–नेपाल तातोपानी नाका आजबाट पुनः खुल्ने भएको छ । यसअघि समान लोड अनलोड गर्ने तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि असोज २१ देखि उक्त नाका पुनः बन्द भएका थियो ।

लामो समयपछि खुलेको दुई दिनमै बन्द भएको नाका आजदेखि पुनः खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै नाका सञ्चालनको तयारी भएको जनाइएको छ ।