कर्णाली प्रदेश

ताँजकोट गाउँपालिकाका नाका बन्द

११ कात्तिक, हुम्ला । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि आफ्ना अन्तरगाउँपालिकासँग जोडिएका सबै नाका बन्द गरेको छ ।
गाउँकार्यपालिकाको निर्णय अनुसार कोरोना जोखिम बढेकाले नाका बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले जानकारी दिए । पालिकाले बाजुरा जिल्लाको कवाडी नाका, मुगुको तीर्थसैनबाट ताँजाकोट गाउँपालिका र माथिल्लो हुम्ला पुग्ने मुख्य नाका पाँच बन्द गरिएको हो ।
हुम्लामा ९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।