प्रदेश 1

नेता मीन/हरिनाथपछि सुनसरी काँग्रेस सभापति कोईराला/सचिव भण्डारीलाई कोरोना पोजेटिभ

११ कात्तिक, काठमाडौं । नेपाली काँग्रेस सुनसरी जिल्ला सभापति राजीव कोईराला, सचिव केदार भण्डारीलगायतलाई कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमितको सेवामा अहोरात्र खटिएका सभापति कोईराला, सचिव भण्डारीले कोरोना संक्रमण भईसकेपछि आफूसंग सम्पर्कमा आउनुभएका सबैलाई सचेत रहन आग्रह गरेका छन् । संसदीस्य दलका नेतासमेत रहेका सुनसरी जिल्ला सभापति राजीव कोईराला झण्डै एक हप्तादेखी सर्बसाधारणसँग भेटघाट बन्द गरेर सुनसरीको सदरुमुकाम ईनरुवास्थीत निवासमा बसेका थिए भने जिल्लाका पुर्व उपसभापति विनोद राई केहीदिन अगाडीमात्र कोरोना जितेर धरानस्थीत घरमा छन् । यस्तै सुनसरीको ईटहरीका नेविसंघ केन्द्रीय अध्यक्ष राजीव ढुंगाना पनि कोरोना जितेर जिल्लामै बसेका छन् । सुनसरी जिल्ला पुर्व सभापति हरिनाथ बास्तोला, नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा साँसद मीन बिश्वकर्मा कोरोना संक्रमणका कारण क्रमशः ललितपुर र काठमाडौंमा आईसोलेशनमा छन् । पछिल्लो समयमा ५०० भन्दा बढी संक्रमण हुने जिल्लाको रुपमा चिनिएको सुनसरीका काँग्रेसीहरुलाई कोरोना संक्रमण देखिन थालेको छ । जिल्लाका जनतालाई कोरोना संक्रमणबाट बचाउन सकृय रहेको सभापतिदेखी तलैसम्मका नेता कार्यकर्तामा कोरोना देखिन थालेको स्थानीयले बताएका छन् । सभापति कोईराला र सचिव भण्डारी जनताको सेवामा अहोरात्र खट्दा आफैं कोरोनाको शिकार हुनुपरेको छ । ‘सभापति कोईराला र सचिव भण्डारीसहित परिवारलाई भगवानले कोरोना जित्ने आशिर्बाद दिउन्’ सुनसरी जिल्ला सचिव सुजेन्द्र तामागंले बताए ।