मनोरञ्जन

सम्झिएर जिन्दगी’सार्वजनिक

११ कात्तिक, भक्तपुर । चलचित्र निर्देशक मदन घिमिरेले दशैँका अवसरमा चेतनामूलक नेपाली गीत ‘सम्झिएर जिन्दगी’ सार्वजनिक भएको छ । म्युुजिक भिडियोमा घिमिरेको निर्देशन, गायक प्रमोद खरेलको स्वर तथा नायक राजेश हमाल र नायिका पुष्पा लिम्बूको अभिनय एवं सपना पुनका शब्द, देवकुमार चौधरीको सङ्गीत, अशोक राईको एरेन्ज र डम्बर राईको छायाङ्कन छ ।
आमाको माया, घर संसार, कस्तो साइनो, माया नमार, माया बसेछ, मनमा माया, जीवनदाता, दादागिरी, दोस्ती, मस्ती लगायत ३० चलचित्र र एक दर्जन म्युजिक भिडियोको निर्देशन गरेका घिमिरेले कोरोनाकै कारण बन्द नेपाली चलचित्र क्षेत्रको पहिचान स्थापित गर्न दशैँको मौकामा म्युजिक भिडियो सार्वजनिक गरिएको जानकारी दिएका छन्। सामाजिक कार्यमा समेत सक्रिय सूर्यविनायक नगरपालिका–७ गुण्डु निवासी घिमिरे हनुमन्ते सफाइ अभियानका विशेष दूतसमेत छन् ।