समाचार

वडाअध्यक्ष सहित दर्जन व्यक्ति जुवा खेल्दा–खेल्दै रंगेहात पक्राउ

११ कार्तिक, गुल्मी । वडा अध्यक्ष सहित दर्जनवढी व्यक्ति जुवा खेल्दा खेल्दै रंगेहात पक्राउ परेका छन् । वडा अध्यक्ष, निमार्ण व्यवसायी लगाएत १२ जना जनप्रतिनिधि ७० हजार रकम सहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गुल्मीको रेसुङ्गा नगरपालीका वडा नम्बर ७ का वडा अध्यक्ष मोहनप्रसाद पाण्डे, निमार्ण व्यवसायी समेत रहेका युवासंघका नेता राजु पाण्डे लगाएतका रहेका छन् ।

प्रहरीले गएराति उनिहरुलाई रेसुङ्गा नगरपालीका वडा नम्बर ८ तम्घासस्थीत एभरग्रिन होटलबाट प्रहरीले ७० हजार रकम र ताससहित नियन्त्रणमा लिएको हो ।