पु.समाचार

चितवनमा मुटु र मृगौला रोगबाट पिडित कोरोना संक्रमितको मृत्यु

११ कार्तिक, चितवन । चितवनमा मुटु र मृगौला रोगबाट पिडीत एक कोरोना संक्रमितको मृत्यु । भरतपुर महानगरपालीका २१ का ५६ वर्षे पुरुषको चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासानले जानकारी दिएको छ ।

कार्तिक ५ गते स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका उनमा कार्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक लामो समयदेखी मृगौला र मुटु रोगबाट पीडित थिए ।