राजनीति

डा भण्डारीकाे दशैं माझी बस्तीमा, ‘आफू जन्मिएको स्थानका बच्चा हेरेमात्र पनि गरिबी हट्छ’

११ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व साँसद डा. चन्द्र भण्डारीले गुल्मीको माझी गाउँमा दशैं पर्व मनाएका छन् । यसअघिपनि माझी गाउँमा दशैं मनाएका काँग्रेस नेता भण्डारीले ६ सय भन्दा बढी बालबालीकालाई उपहार तथा खानाको व्यवस्थासहित दशैं मनाएका हुन् ।
दशैं मनाउनका लागि व्यवस्था गर्ने आयोजकलाई धन्यबाद दिँदै आफु जन्मिएको स्थानका बालबालीकालाई अझ सिमान्तकृत बच्चालाई हेरेमा मात्र पनि यो देशबाट गरिबी हट्दछ भन्ने ठोकुवा गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो दशैं !!! मेरा साथीहरु!!! नेपालको नमूना दशैं । मेरो अपनत्व ! सबै सम्पन्नहरुले आफ्नो जन्म स्थानको सिमान्तकृत बच्चालाई हेरेमा मात्र पनि यो देशबाट गरिबी हट्दछ । जाउँ हेर मेरो माझी गाउलाई !!!’
डा भण्डारीले दशैं मनाएर सम्पन्न भएपछि यसो भनेका छन्, ‘नेपालको नमुना दशैको रुपमा रहेको गुल्मीमा मनाइने “माझी बस्तिमा मनाईने दशै “ सम्पन्न भएको छ । गुल्मीको बम्धाको आटी पाटाबाट सुरु भएको दशै बम्धाको लक्ष्मी नि मा वी, रुपाकोट, चन्द्रकोटको बालउध्धान, हुगाँको झेद्रि हुदै दशैको दिन बलिथुमको माझी बस्थीमा सम्पन्न भएको छ। विगतमा भन्दा फरक शैलीमा मनाईएको यो दशैले आफ्नो निरन्तरता लाई अगाडी वढाइएको छ। दशै आयोजक समितीले यस कठीन समयमा विभिन्न स्थानमा जनता समक्ष पुगी दशै सम्पन्न गरेकोमा आभार प्रकट गर्दै धन्यवाद । सबै मानवजाती को लागी विजया दशमी फलदायी बनोस् भन्ने कामनाका साथ मंगलमय शुभकामना ।’