पु.समाचार

हत्या गरिएका पुजारीको शव पर्यो फेला, प्रहरी घटना अनुसंधानमा सकृय

१० कात्तिक, परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा धारिलो हतियार प्रयोग गरी हत्या गरिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ । सुस्ता गाउँपालिका–४ नर्सहीस्थित पच्छिमडारी बस्ने ७५ वर्षीय महगु केवटको शव आज फेला परेको हो ।
केवट स्थानीय मन्दिरका पुजारी थिए । उनको आफ्नै कुटी नजीकै धारिलो हतियार प्रयोग गरी हत्या गरिएको र हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।प्रतिष्ठान धरानमा उपचाररत थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । इटहरी–४ का ७९ वर्षीय पुरुषको प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा आइतबार राति मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्राध्यापक डा आशिष श्रेष्ठका अनुसार मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका उनलाई यही कात्तिक ७ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनको स्वास्थ्यमा समस्या भएपछि आइतबार नै अस्पताल भर्ना गरिएको थियो । यससँगै प्रतिष्ठानमा सङ्क्रमितको मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको छ ।