प्रदेश 1

बिपी प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

१० कार्तिक, काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

इटहरी-४ सुनसरीका ७९ वर्षीय पुरुषको आइतबार अपराह्न उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

उनी मिर्गौलापीडित र उच्च रक्तचापका बिरामी थिए । उनलाई आइतबार नै प्रतिष्ठान भर्ना गरिएको थियो ।