राजनीति

कोरोना माहामारीका कारण काँग्रेसले स्थगीत गर्यो कोजाग्रत पुर्णिमाको चियापान

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसद्वारा कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिदै आएको शुभकामना आदान–प्रदान तथा चियापान समारोह कोभिड—१९ का कारण यो वर्ष नगरिने व्यहोरा जानकारी गराएको छ ।
वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएकोमा हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९ संक्रमण महामारीका कारण यस वर्षकोे कात्र्तिक १४ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने व्यहोरा सबैलाई जानकारी गराएको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले स्पष्ट गरेका छन् ।