सामाजिक सञ्जाल

पुर्व प्रधानमन्त्री तथा जसपा अध्यक्ष डा. बाबुराम भट्टराई दम्पत्तिमा कोरोना पुष्टि

८ कार्तिक, काठमाडौं । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ ।

डा.भट्टराईले सामाजिक सञ्जाल ट्वीट माफर्त आफु र पत्नी हिसिलाको कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजिटीभ आएको जानकारी दिएका छन् ।

साथै डा.भट्टराईले चिकित्सकहरूको सल्लाह बमोजिम आफु होम आइसोलेसनमा नै रहनेको बताएका छन् । डा.भट्टराईले कही समय यता आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

पछिल्ला दिनहरुमा भट्टराई दम्पत्ति पार्टीका कार्यक्रमहरुमा सहभागी भएका थिए । प्रदेश दुईमा पार्टीले कोरोना संक्रमणको मापदण्डविपरित सयौंको संख्यामा कार्यकर्ता भेला गरेको थियो ।

उनको ट्वीटः हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ । कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो । चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं ! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ !