पर्यटन/संस्कृति

राष्ट्रपतिबाट शक्तिपीठ दर्शन र सर्वसाधारणलाई टीका प्रदान कार्यक्रम नहुने

७ कात्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न शक्ति पीठमा दर्शन तथा विजयादशमीको दिन इच्छुक महानुभावलाई टीका प्रदानको कार्यक्रम स्थगन गरेका छन् ।

विगतमा दशैँमा उक्त परम्परा रहेकोमा यस पटक विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोना भाइरस (कोभिड९१९)का कारण उक्त सबै कार्यक्रम नहुने राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेका विज्ञप्तिमा जनाइएको छ ।