कर्णाली प्रदेश

नेकपामा आफू बलियो हुन पद बाँडेर खुशी पार्ने रणनीति मान्दैनौ, शाहीकाे बैठक अबैधानिकः कँडेल

७ कात्तिक, काठमाडौं । कार्णाली प्रदेशका मुख्यमन्त्री शाहीले बोलाएको बैठक अबिश्वासको प्रस्ताव दर्ता गराएका यमलाल कँडेलले अबैधानिक भनेका छन् । उनले नेकपाको आन्तरिक लोकतन्त्र भनेको अबैधानिक ब्यक्तीले बैठक बोलाउने नभएको आरोप लगाउँदै उक्त अबिश्वासको प्रस्ताव दर्ता भईसकेको ब्यक्तीले बोलाएको बैठकलाई मान्यता नदिईने बताए । कँडेलले आक्रोशित हुँदै पद बाँडेर आफू बलियो हुने रणनीतिमा लागेको भन्दै आफ्नो अबिश्वासको प्रस्ताव यथावत रहेको दाबीसमेत गरेका छन् । कँडेल ओली पक्षका नेता हुन् भने मुख्यमन्त्ती शाही अध्यक्ष दहाल पक्षका हुन्, माधव नेपाल पक्षको समर्थनमा शाहीले अबिश्वासको प्रस्ताव अस्वीकृत गराएपछि कर्णलीमा ओलीले हारेका छन् भने नेपाल र दहाल पक्षले जितेका छन् ।