कर्णाली प्रदेश

ओली पक्षका कँडेल समूहले मुख्यमन्त्री शाहीसँग कर्णालीमा हारे, नेपाल/दहाल पक्षको यसरी भयो जित

७ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्रीमाथी दर्ता गरिएको अबिस्वासको पस्ताव अस्वीकृत भएको छ । यमलाल कँडेलसहित ओलीपक्षबाट दर्ता गरिएको अबिश्वासको प्रश्तावको बिपक्ष्ँमा १८ साँसदहरुले मतदान गरेपछि अबिश्वासको प्रस्ताव तुहिएको हो । नेकपा अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओलीपक्षबाट दर्ता गराईएको उक्त प्रस्तावमा पुर्ब माओबादी पक्षका शाहीलाई माधव नेपाल पक्षले साथ दिएपछि तुहिएको हो ।
कर्णाली अबिश्वास प्रस्ताव दर्ता प्रकरण नेकपाको बिबाद देखिएपनि नेकपाका शक्तीसाली अध्यक्षको रुपमा देखिएका प्रधानमन्त्री केपी ओलीलाई कर्णालीले कमजोर बनाउन थालेको नेकपाका नेताहरुको ठम्याई छ । कर्णाली बिबाद मिलाउन नेकपाका अध्यक्ष ओली र पुष्पकमल दहाल दैनिक बैठक बसेपनि उक्त बिबाद मिलाउन सकेका थिएनन् ।मुख्यमन्त्री शाहीले सचेतक परिवतर्न गरिसकेका छन् भने नेपाल पक्षँका केहलाइ मन्त्रीमा सपथ खुवाउनेगरी तयारी गरिरहेको समाचार छ ।