राजनीति

भारतीय गुप्तचर संस्थाका प्रमुख सामान्तलाई भेटेकोमा ओली सरकार र नेकपाले जवाफ देओस्ः डा संग्रौला

७ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय रअका प्रमुख गोयललाई भेटेको बिषयलाइ तत्काल जनतासंग धारणा सार्बजनिक गर्न माग गरेकी छन् । काँग्रेस नेतृ डा.संग्रौलाले सामन्त कुमार गोयल परराष्ट्रका अधिकारीलाई जानकारी नै नदिई भेट गर्नु नेपाली जनतामा अनेकौं आशंका उत्पन्न भई देशको स्वाभिमानमा आँच पुगेको भन्दै कडा बिरोध गरेकी छन् ।
नेतृ संग्रौलाले प्रधानमन्त्री केपी ओलीले नेपाल र भारत बिच चिसिदै गएको सम्बन्धलाई दुई देश बिच राजनीतिक र कुटनैतिक तवरबाट छलफल र सम्बाद गरेर सुधार गर्ने पर्याप्त ठाउँ हुँदाहुँदै आफ्नो प्रोटोकल समेतलाई बिर्सदै बिदेशीलाई भेटेकोमा सरकारकोमात्र नभएर सत्तारुढ दल नेकपालेसमेत जवाफ दिनुपर्ने माग गरेकी छन् ।
डा संग्रौला भन्छिन्ः प्रधानमन्त्री केपी ओलीले नेपाल र भारत बिच चिसिदै गएको सम्बन्धलाई दुई देश बिच राजनीतिक र कुटनैतिक तवरबाट छलफल र सम्बाद गरेर सुधार गर्ने पर्याप्त ठाउँ हुँदाहुँदै आफ्नो प्रोटोकल समेतलाई बिर्सदै भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्त कुमार गोयललाइ मध्यराति परराष्ट्र मन्त्रालयका अधिकारी समेतलाई संलग्न नगरी खुलम्खुल्ला भेटबार्ता गर्नु र बार्ताको जानकारी नहुनुले जनतामा अनेकौं आशन्काका साथै नेपालको प्रतिस्ठामा समेत आच आएको महसुस गरेका छन् । त्यसर्थ सरकार र सम्बन्धित दलबाट यथार्थ धारणा नेपाली जनतामा सार्बजनिक गरियोस् ।