सामाजिक सञ्जाल

परराष्ष्ट्र नीति विपरित ओली र, र-अप्रमुखबीचको गोप्य वार्ता सार्वभौमिकता विपरितः प्रदिप पौडेल 

७ कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदिप पौडेलले परराष्ष्ट्र नीति विपरित प्रधानमन्त्री केपीशर्मा ओलीले भारतीय गुप्तचर प्रमुखसँग गरेको गोप्य वार्ता सार्वभौमिकता विपरित भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँगको गोप्य वार्तालाई लिएर चौतर्फि आलोचना भईरहेको बेला नेता पौडेलको यस्तो धारणा सार्वजनिक भएको हो ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता पौडेलले स्वाधीनता र स्वाभिमानको अलिकति पनि हेक्का नराखी गरिने यस्ता अभ्यासले नेपालको उपस्थिति सधैं कमजोर बनाएको भन्दै भेटको बारेका सबै सत्यतथ्य तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

उनको ट्वीटः संविधानद्वारा निर्देशित परराष्ट्र नीति विपरित प्रमले भारतीय गुप्तचर प्रमुखसँग गरेको गोप्य वार्ता हाम्रो सार्वभौमिकता विपरित छ । स्वाधीनता र स्वाभिमानको अलिकति पनि हेक्का नराखी गरिने यस्ता अभ्यासले हाम्रो उपस्थिति सधैं कमजोर बनाएको छ । भेट बारेका सबै सत्यतथ्य तत्काल सार्वजनिक गरियोस् ।