आर्थिक

सांग्रिला डेभलपमेन्ट बैंकको असन शाखा संचालनमा

६ कात्तिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले मुलुक भरि आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा बैंकले काठमाडौंको मुटु असनमा आज देखि असन शाखा संचालनमा ल्याएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराए ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।