स्वास्थ्य

पछिल्लो २४ घण्टामा २१ जनाको कोरोनाका कारण निधन, थपिए ३६ सय ३७ जना संक्रमित

६ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना भाईरसको संक्रमणका कारण निधन भएको छ भने ३ हजार ६३७ जना संक्रमित देशभर थपिएका छन् । आजपछि नेपालमा १ लाख ४८ हजार ५०९ संक्रमित पुगेका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पगेको छ भने जम्मा कोरोना परीक्षण आज १५ हजार ७४३ जनामा गरिएको थियो । बुधबार ५७ सय ४३ जना संक्रमित भेटिएका थिए । दशैंको शुरुवातीसँगै देशभर संक्रमितहरुको संख्या ह्वात्तै बढ्दै गएको छ । भोलीबाट भने दैनिक रुपमा गरिने मन्त्रालयको रिपोटिंग ५ दिनका लागि बन्द हुने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गनैतमले बताए ।