बाग्मती

चितवनमा थप एक ३३ वर्षे कोरोना संक्रमितको महिलाको ज्यान गयो

६ कार्तिक, काठमाडौं । चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा–५ बस्ने ३३ वर्षीया महिला रहेको छ । भरतपुर अस्पतालमा उपचाररत उनको आज बिहान ६ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत असोज ३० गते कोरोना सङ्क्रमणसहित खोकी र श्वासप्रश्वासमा समस्याबाट पीडित भई अस्पतालमा भर्ना भएका उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो ।

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालको कोभिड सघन उपचार कक्ष ९आइसीयू०मा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।