लुम्बिनी

रुपन्देहीको बुटवलस्थित कोरोना अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

६ कार्तिक, काठमाडौं । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनि–७ का ३८ वर्षीय र रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार असोज २२ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना गरिएका पाणिनिका संक्रमितको बुधबार राति ९ः२४ बजे मृत्यु भएको हो ।

त्यस्तै, कात्तिक १ गते कोरोना पुष्टि भएका तिलोत्तमाका संक्रमितको बुधबार राति १२ बजेर ७ मिनेटमा मृत्यु भएको गौतमले बताए । अस्पतालका अनुसार आईसीयूमा उपचाररत दुवै संक्रमितमा श्वासप्रश्वासको समस्या थियो ।