उर्जा

कुलमानले एकाबिहानै किन दिए मन्त्री, सचिव, सञ्चालक, कार्यकारि निर्देशक बधाई ?

कुलमान घिसिंग/ढल्केबार सव्स्टेसन ४०० के भि नो लोडमा चार्ज भएको छ । यो नेपालको विधुत क्षेत्रको लागि एउटा महत्वपुर्ण कोषेढुङ्गा हो । नेपालको पहिलो ठुलो र ग्यास ईन्सुलेटेड सव्स्टेसन हो यो । नेपाल सरकारको वजेट, प्राधिकरणको ईन्जिनियरको डिजाइन र प्राधिकरणको ईन्जिनियरिङ कम्पनिको सुपरभिजनमा यो आयोजना सम्पन्न भएको छ । यो सव्स्टेसनको क्षमता ९४५ एम भि ए रहेको छ । आ व २०७४/७५ देखि टेण्डर प्रकृया शुरु गरि करिव साढे २ वर्षको निर्माण अवधिपछि सम्पन्न भएको छ । गत आषाढ मसन्त सम्ममा सम्पन्न गर्ने लक्ष्य राखि कोरोनाको कारण भएको लकडाउनमा समेत निरन्तर काम भई रहेको थियो । तर हाई भोल्टेज टेष्टिङ मसिन केरुङ नाकाबाट करिव ३ महिनासम्म छुटाउन नसक्दा समयमा चार्ज हुन सकेको थिएन ।
नेपाल भारतविचको ढल्केवार मुजफरपुर लाईन ४०० केभिको लागि तयार भएको भए पनि सवस्टेसनको कारणले शुरुमा १३२ के भि मा मात्र चार्ज भयो त्यसपछि आव २०७५/७६ मा २२० के भिमा चार्ज भयो र हाल आएर ४०० के भि मा चार्ज हुने भएको छ । करिव १२०० मेगावाट विधुत शक्ति प्रसारण क्षमता भएको यस लाईनबाट हाललाई करिव ८५० मेगावाट सम्म निर्यात वा आयात गर्न सिकन्छ । अपर तामकोशिको विधुत पूरा निर्यात गर्न सकिने छ । नेपालभित्रको पुर्व पश्चिम लाईन ४०० केभिमा चार्ज भए पश्चात् यस लाईनबाट किरव ज्ञद्दण्ण् मेगावाट प्रवाह गर्न सकिनेछ ।
यस कार्यमा अहोरात्र खटिएका आयोजनाका कर्मचारि एवम् ठेकेदार कम्पनि र यस्का सव्कन्ट्रयक्टर र परामर्शदाता कम्पनि सवलाई हार्दिक वधाइ । तुलनात्मक रुपले यो आयोजना छिटो सम्पन्न भएको छ । डिजाईनदेखि निरन्तर खटेका आयोजना प्रमुख शुक्र देवकोटाजिलाई हार्दिक वधाई। मेरो कार्यकालमा चार्ज गर्ने भनी धेरे प्रयास गर्दा पनि हाईभोल्टेज टेष्टिङ कीट नआएकोले सफल भएन । उ का का नि व्रजभुषण चोधरिजिको महत्वपुर्ण भुमिका यस आयोजनामा रहेको छ । उहाँलाई पनि वधाई । मान निय मन्त्री ज्यु, सचिवज्यु, सञ्चालकज्युहरु, कार्यकारि निर्देशक लगाएत सम्पुर्ण कर्मचारिहरुलाई वधाई । कुलमान घिसिंगको फेसबुकबाट