स्वास्थ्य

दशैँमा पनि अस्पताल खुला रहने, भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह

५ असोज, काठमाडौं । गत चौबीस घन्टामा नयाँ कोरोना सङ्रमितको संख्या पाँच हजार ७४३ देखिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज सोही अवधिमा दुई हजार ९९६ निको भएर घर फर्किका छन् । हालसम्म निको भएर घर फर्कनेको कूल सङ्ख्या ९९ हजार ६०५ पुगेको छ ।
आज आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा तीनहजार १०७ नयाँ सङ्क्रमितमध्ये काठमाडौँमा दुईहजार ३९१, भक्तपुर १७३ र लतिपुरमा ५४३ रहेको जानकारी दिए । हाल क्वारेन्टिनमा चार हजार ६५ छन् ।
गत २४ घण्टाभित्र २० हजार ११८ पिसीआर परीक्षण गरिएको छ भने हालसम्म १३ लाख ३४ हजार ८९७ को पीसीआर परीक्षण सम्पन्न भएको छ । सङ्क्रमित शून्य भएको जिल्ला मुस्ताङ छ ।
प्रवक्ता प्राडा गौतमले मन्त्रालयबाट भएका निर्णयलाई भ्रामक तरिकाले समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै दशै पर्वका अवसरमा पनि आवश्यकता अनुसार सबै कोभिड अस्पताल खुल्ला रहने जानकारी दिए ।