राजनीति

डा. शसाँकलाई राजकुमार मान्दिन, देउवाजीसँग राम्रो सम्बन्ध छः बरिष्ठ नेता पौडेल

४ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले महामन्त्री डा शसाँक कोईरालालाई आफूले राजकुमार भएर नचिन्ने बताएका छन् । उनले कान्तिपुर टेलिभिजनसंगको अन्तरवार्तामा बोल्दै उक्त कुरा बताएका हुन् ।
नेता पौडेलले आफ्नो सभापति शेरबहादुर देउवासँगको सम्बन्ध नराम्रो नभएको बताउँदै काँग्रेस बिधि, बिधानमा, चरित्रमा चलाउन अनि सिद्धान्तमा चलाउन आफूले नेतृत्वको दाबी गरेको बताए । नेता पौडेलले आफूसँग गृहमन्त्री हुनुभन्दा अगाडी सभापति देउवासँग हिमचिम भएपनि उनको बिबाह भएपछि अलि टाढा भएको बताए । बरिष्ठ नेता पौडेलले आफ्नो कुराकानी सभापति देउवासँग मानवीयसबेदनासहितको राजनीतिक कुराकानी हुने बताउँदै मान्छेलाई मान्छेको रुपमा हेर्नु समाजबाद भएको आफूले बताउँने गरेको बताए । उनले सभापति देउवा टाकनटुकन गर्न, मिलाउन सक्ने नेता भएको बताए ।
उनले कुनैबेला पार्टीको आरएसएस भनेर चिनिएको भन्ने प्रश्नमा आफू प्रधानमन्त्री बन्नका लागि राजनीति नगरेको बताए । उनले आफू सभापति देउवाको बिकल्पको नेतृत्वको रुपमा रहेको बताए । बरिष्ठ नेता पौडेलले आफू कोईराला, देउवा वा कोही परिवारका पछि आफू नलाग्ने बताए । बरिष्ठ नेता पौडेलले शुसील कोईराला पनि काँग्रेसमा काम गरिरहेको मान्छे भएकाले उँहा सभापति र प्रधानमन्त्री बनेको बताए । उनले खुमबहादुरजीले सभापति लड्नु भन्दा पनि आफु पछाडी हटेको बताए ।
बरिष्ठ नेता पौडेलले पुस्तान्तरण गर्दा युवाहरु जिम्मेवार भएर अगाडी बढ्ने ग्यारेन्टी भए पुस्तान्तरण हुनसक्ने बताए । उनले नेपाली काँग्रेस नेपालको लोकतान्त्रीक आन्दोलनको नेतृत्वकर्ता भएको भन्दै आफू कोही ब्यक्तीको पछि भन्दा पद्धतीका पछि लाग्दा कहिले किसनजी, कहिले गणेशमानजी त कहिले गिरिजाबाबु र शसील कोईरालासँग सहकार्य गरेको बताए । उनले आफ्नो राजनीतिलाई अझैपनि सम्मानित बनाऔं भन्ने कुरा अझै जिवित भएको भन्दै ६० र ४० को नियम शेरबहादुरजी र शुसीलजीले बनाएको र आफ्नो त्यस्मा नभएको बताए ।
नेता पौडेलले नेविसंघले अधिवेशन गर्न सकेन र पार्टीले अधिवेशन गर्न समिति बनाउँदा पनि पुनः अधिवेशन गर्न नसक्दा गाह्रो भएको हो । न्याय, निश्पक्ष र पारदर्शी मुल्याँकन तीन प्रकारका कुरा आवश्यक रहेको बरिष्ठ नेता पौडेलको दाबी छ । नेता पौडेलले नेता सिटौलाले पार्टीको बिधि बिधानको कुरामा आफूसंग सहमत भएपनि आफ्नो समूहलाई छुट्टै राखौं भन्ने गरेको बताए ।
काँग्रेसको १४ महाधिवेशन आउँनैलाग्दा काँग्रेसका दोस्रा लेवलका नेता पौडेलले राजनीतिमा धेरै पैसा घुष खाएर कमाउने र कार्यकर्तालाई बाँड्ने प्रबृति भएको भन्दै आफू निष्ठा नछाड्ने दाबी गरे । बरिष्ठ नेता पौडेलले आफूलाई कार्यकर्तालाई अरबौं रुपैयाँ खर्च गरी सत्ता हत्याउने परिपाटीलाई बचाउन आफू प्रयत्न गरिरहने बताए । नेता पौडेलले आफूले कार्यकर्ता भेट्न आउँदा कालो चिया खुवाउनेबाहेकको खर्च नगरेको दाबी गर्दै आफूले महाधिवेशनमा खर्च नगर्ने बताए । उनले आफू कालोचिया खुवाउने बाहेक अन्य खर्च गरेर माथी नआउने बताए । पैसा खर्च गरेर राजनीति गर्ने प्रवृतिको अन्त्य हुनुपर्ने उनको दाबी छ ।