बाग्मती

१३ हजार ८६१ को परीक्षणमा उपत्यकामा थपिए १७ सय २ जना कोरोना संक्रमित

४ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १४३१ जना, ललितपुरमा १२३ जना र भक्तपुरमा १४८ जना कोरोना संक्रमित थपिएका हुन् ।
आज तीन हजार ९३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४१ हजार ७७५ जना संक्रमितहरु अहिले सकृय छन् । १३ हजार ८६१ जनाको कोरोना परीाक्षण २४ घण्टामा गरिएको छ भने एक लाख ३९० हजार १२९ जना देशभर कोरोना संक्रमितको संख्या पुगेको छ । यस समयमा २१ सय ८ जना कोरोना जितेर घर फर्किएका छन् ।