पु.समाचार

२४ घण्टामा थपिए ३०९३ संक्रमित, २१ सय ८ जना निको भएर निस्किए

४ कात्तिक, काठमाडौं । आज तीन हजार ९३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४१ हजार ७७५ जना संक्रमितहरु अहिले सकृय छन् । १३ हजार ८६१ जनाको कोरोना परीाक्षण २४ घण्टामा गरिएको छ भने एक लाख ३९० हजार १२९ जना देशभर कोरोना संक्रमितको संख्या पुगेको छ । यस समयमा २१ सय ८ जना कोरोना जितेर घर फर्किएका छन् ।