साहित्य

गरिबलाई आयो दसैं कस्तो दु खि कर्म

-नकुल चौलागाईं                     – कविता

धनिहरुको घर आगनमा खुसियाली छायो
गरिब लाई रिन बोकाउन पापी दसै आयो
धन हुनेलाइ आयो दसैं सबको घर घरमा
गरिबलाई आयो दसैं कस्तो दु खि कर्म
दसैं आयो दसैं आयो भन्छन् सबै जना
दुखियाको घरमा छैन बिहान बेलका खान
भकारिमा नत अन्न नत खोरमा खसि
जलिरको यो मेरो मन बुझाउ कता बसि
धनिहरु पैसा बोकि बजार बजार जाने
गरिबका छोराछोरी के लाउने के खाने
पापी दसैं फर्की फर्की आउछ जहिले पनि
गरिब लाइ सान्ती आनन्द छैन कहि पनि
पोर दसैंको रिन पनि तिर्न पाको छैन
फेरि आयो भन्छन् दसै खुसी लाको छैन
दसैं आउँछ बर्शै पिछी रिन मात्र हुन्छ
सम्झियर ल्याउदा खेरि भित्री मन रुन्छ
मनमा शान्ति भय देखि यो मन किन रुन्थियो
गरिबलाई पापी दसैं नआयनि हुन्थ्यो होला
गरिबको मनको इच्छा मनमा हराइ गैछ
मनत ठुलो हैन रैछ धनै ठुलो रैछ।