राजनीति

गगनको प्रस्तावः संसद बैठकराख्न बाध्य पारी पथभ्रष्ट/मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाऔं

४ कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगनकुमार थापाले ओली सरकारलाई संसद बैठकराख्ने बाध्य पार्नका लागि सभापती शेबहादुर देउवालाई प्रश्ताव गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता थापाले संसद बैठकराख्न बाध्य पारी पथभ्रष्ट र मतिभ्रष्ट ओली सरकारलाई सच्चिनैपर्ने बनाउन प्रस्ताव गरेका हुन् । उनले कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र प्रतिपक्षी दल कांग्रेसको कर्तव्य पूरा नहुने भन्दै संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता ल्याउनुपर्नेमा जोड दिएका छन् ।

नेता थापाले संसदको बैठक राख्न बाध्य पारी,सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिने बताएका छन् ।

उनको ट्वीटः @DeubaSherbdr कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन । संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन । संसदको बैठक राख्न बाध्य पारी,सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ ।