प्रवास

गिरिजा प्रसाद फाउण्डेशनले दुग्घजन्य/फोजन चिकेन गर्यो २८ औं पटक निःशुल्क सहयोग

४ कात्तिक, काठमाडौं । जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निःशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन चिकेन वितरण गरेको छ।
गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले आइतवार अक्टोवर १८, २०२० का दिन निशुल्क खाधन्न वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। निःशुल्क खाधन्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरो स्थित विभिन्न संघ-सँस्थाहरु मार्फत गरेको छ। २८औं पटकको निःशुल्क खाधन्न वितरण गरेको आयोजकले बताएको छ ।
गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन सँग सहकार्य गरी १,१५२ बक्स निःशुल्क दुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन, तरकारी र फलफुल वितरण गरेको यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे जानकारी गराए।
गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले न्युयोर्कको क्वीन्समा रहेका संघसंस्थाहरु क्रमशः वालुङ किदुग युएसएलाइ ९६ बक्स, मगर संघ अमेरिका–१४४ बक्स, शेर्पा किदुग अमेरिका–९६ बक्स, ह्योल्मो समाज –४८ बक्स, घ्याल्सुम्दो सेवा संस्था र दोन्डुप लामा–४८बक्स, ढोक्प्य किदुग–४८बक्स, मनाङ समाज अमेरिका–४८ बक्स, गुरूङ (तमु) सोसाईटी–४८ बक्स, जिरेल एसोसियसन–४८ बक्स, मुगु समाज–४८बक्स, तमु पेल्हो समाज–४८बक्स, राम खड्का (अनिल मार्फत)–१० बक्स, पाल्जु शेर्पांटेक बा। कार्की भोज राज थोक्कर–४८बक्स, बिजय थुलुङ्गंतेम्वा शेर्पांआङ गेलु शेर्पा –४८ बक्स, एन आर एन (न्युयोर्क)का अध्यक्ष राम हरि अधिकारी मार्फत–४८ बक्स र लाईन मार्फत सार्वजनिक बितरण २७८ बक्स निशुल्क दुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन र फलफुल गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले वितरण गरेको थियो।

फाउन्डेसनको निःशुल्क खाधन्न वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरीङ्ग राप्के लामा, केन्द्रीय सदस्य द्वय राम चन्द्र अधिकारी र सुर्य सिमखडा खटिएका थिए भने स्वयंसेवीहरु ने।का। युवा नेता क्रमशः अनन्त राज सुवेदि, पंकज सुब्बा, साङतेम्बा शेर्पा, फुर्पा शेर्पा, छेवाङ शेर्पा, आङ पासाङ शेर्पा, सेरगेल्पु शेर्पा, दावा शेर्पा, रिनजेन शेर्पा, सानु शेर्पा, सुश्री निमा लामा, सुश्री दावा शेर्पा, शेर्पा संघ अमेरिका का महासचिव फुर्वा शेर्पा, टंक खडका, मुना भन्डारी केसी, ने। का। नेत्री कमला पन्त(न्युयार्क, घ्याल्सुम्दो सेवा संस्था अमेरिका कि अध्यक्ष निमा ल्हमो, वरिष्ठ लोक गायिका संगीता थापा मगर लगायत खटिएका थिए ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा। ओट्टो स्टार्जमेन लाई धन्यवाद एंव आभार प्रकट गर्द छ।