प्रदेश 1

सवत्र आलोचना पछि प्रदेश १ का सांसद र मन्त्रीले गरे दशैं भत्ता नलिने निर्णय

४ कार्तिक, विराटनगर । कोरोना महामारीको समयमा संघीय संसद्ले दसैं भत्ता लिएको सर्वत्र आलोचना भएपछि प्रदेश १ का सांसद र मन्त्रीले भत्ता नलिने निर्णय गरेका छन् ।

यसअघिका वर्षमा पनि दसैं भत्ता नदिएको र यो वर्ष पनि सांसदलाई दिने निर्णय नभएको प्रदेश १ प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताएका छन् ।

पहिले पनि नभएको र वर्ष महामारीमा खर्च कटौती गर्नुपर्छ भन्ने संसद्कै माग रहेको भन्दै उनले महामारीको समयमा जनप्रतिनिधिले नै यसरी भत्ता लिएर अनुचित समयमा राज्य कोषको दुरुपयोग गर्नु गलत हुने बताएका छन् ।

यो वर्ष अनावश्यक खर्च कटौंती गर्न भन्दै प्रदेश १ सरकारले पनि दसैंमा भत्ता नलिने निर्णय गरेकाले कुनै मन्त्रीले पनि नलिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ ले जनाएको छ ।