पर्यटन/संस्कृति

मन्दिरका सन्त महन्तलाई सम्मान गर्न सके मात्र समाजको सम्मान बढ्छः अध्यक्ष शाह

बाके कार्तिक ३ । बिश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले मन्दिरमा साधना गरेर बसेका साधु,सन्त तथा महन्त जति निस्वार्थ रुपमा देशलाइ सहयोग गर्ने मान्छे अरु नभएको बताएका छन ।

हिजो बाकेको नेपालगन्जमा बिश्व हिन्दु युवा संघ बाकेले आयोजना गरेको हिन्दु जागरण तथा दशै विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शाहले यस्तो बताएका हुन ।

अध्यक्ष शाहले साधु सन्त तथा महन्तलाई जति सम्मान गर्न सक्यो त्यतिनै हाम्रो धर्म संस्कृति तथा मन्दिरहरुको सम्मान बढ्ने पनि जिकिर गरे। उनले नेपाल चौरासी प्रतिशत ओमकार परिवारको देश भएको भन्दै संबिधानबाट हिन्दुराष्ट हटाएको प्रती आपत्ति जनाउदै नेपाललाई हिन्दु राष्ट्रमा रुपान्तरण गर्न सरकार संग माग गरेका छन ।

अध्यक्ष शाहले भने अहिले त आग्रह गर्दै आएका छौ समय एकदिन यस्तो आउँछ जुनदिन बिना आग्रह जनता आफैले सडकबाट नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्ने छन।

उक्त कार्यक्रममा नेपाल तरुण दल नेपालगन्जका नगर सभापति सन्दीप जंग शाह, बिश्व हिन्दु युवा संघका केन्द्रिय सदस्य सौभाग्य जंग शाह संघका प्रवक्ता अनुराग शाह, केन्द्रिय सदस्य दिपेन्द्र प्रकाश केसि, बिक्रम ओलि लगायत स्थानीय बुद्धिजीवीहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता बिश्व हिन्दु युवा संघ बाकेका अध्यक्ष सुरज राज मल्लले गरेका थिए ।