सामाजिक सञ्जाल

डा.भट्टराईको टिप्पणीः माओवादीहरू झर्ला र खाउॅला भन्दै ओलीकाे चरणमा परे लम्पसार

२ कार्तिक, काठमाडौं । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले माओवादीहरु झर्ला र खाउॅला भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चरणमा लम्पसार परेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त प्रदेशको नामाकरणको विषयमा पनि बिरोध जनाउँदै आएका डा . भट्टराईले ओलीले संघीयताको मर्म र भावनाअनुसार काम नगरे पनि हिजोका माओवादीहरू झर्ला र खाउँला भन्दै ओलीकाे चरणमा लम्पसार परेको आरोप लगाएका हुन् ।

उनले प्रधानमन्त्री ओलीको आदेशमा नै प्रदेशका नाम गण्डकी, बामगती, कर्णाली तथा लुम्बिनी राखिएको टिप्पणी गरेका छन् । उनले भनेका छन्ः ओली उवाचप्रदेश सरकार भनेको संघको प्रशासनिक युनिट हो’, अर्थात अहिलेको प्रदेश पंचायतकालको अंचल जस्तो मात्रै हो ।

डा भट्टराईले नेकपा अध्यक्षसमेत रहेका ओलीको कार्यशैलीप्रति पहिलेका माओवादीले फरक मत नराखेकोमा व्यंग गर्दै्, ‘तैपनि हिजोका हाम्रा माओवादी कणहरू झर्ला र खाउँला भन्दै ओलीका चरणमा लम्पसार!’ भनेका छन् । यस अघि बुढिगण्डकी आयोगनामा ९ अर्ब भ्रष्टाचार भएको र त्यो रकम नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल लगाएत उच्च पदस्थ व्यक्तिले खाएको भन्दै भट्टराईले आरोप लगाएपछि अहिले एकअर्का नेताप्रति लक्षित गरेर टिप्पणी भइरहेका छन् ।

उनको ट्वीटः ओली उवाच–‘प्रदेश सरकार भनेको संघको प्रशासनिक युनिट हो’ ! अर्थात अहिलेको प्रदेश पंचायतकालको अंचल जस्तो मात्रै हो ! त्यसैले त वालुवाटार दरबारको आदेशमा वागमती/गण्डकी /कर्णाली/लुम्बिनी प्रदेश बनिरहेछन् ! तैपनि हिजोका हाम्रा माओवादी कणहरू झर्ला र खाउॅला भन्दै ओलीका चरणमा लम्पसार !Shame!