मनोरञ्जन

टंक र कबिताको ‘झिमझिम परेली’गीतमापल र अशोकको एक्सन (भिडियो सहित)

२ कार्तिक, काठमाडौं । चर्चित गायक टंक बुढाथोकी र कबिता सिवाकोटीको नयागीत ‘झिमझिम परेली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिकगीतमागायक स्वयम टंककै शब्द, संगीत रहेको छ, भने एरेञ्ज कृष्ण बि.कले गरेका छन् ।

चर्चित निर्देशक नितिन चन्दको निर्देशन तथा टंक बुढाथोकीको कन्सेप्टमा बनेको म्युजिक भिडियो केही फरक बनेको छ । चर्चित अभिनेता पलशाह, चर्चित बालगायक अशोक दर्जी म्युजिक भिडियोमा फरक अवतारमा प्रस्तुत भएका छन् ।

अशोकलाई भिडियोको सुरुमै एक्सन हिरोको रुपमा प्रस्तुत गरिएको छ । पल र अशोकलाई सेसा पौडेल र सलिजा ओलीले अभिनयमा साथदिएका छन् ।

म्युजिक भिडियोलाई उत्तमहुमागाईले खिचेका छन्, भने सम्पादननबिन निरौलाले गरेका छन् । भिडियोमा कलाकारलाई नचाउने कामभने सुबोल थापाले गरेका छन् ।