मनोरञ्जन

सर्व सम्मान म्युजिक प्रा.लि.को प्रस्तुतिमा तिहार गीत सार्वजनिक

कर्तिक २ , काठमाडौं । आज देखि कार्तिक महिना शुरु भएको छ । यो सँगै हिन्दुहरुको महान पर्व दशैंँ तथा तिहार नजिकै छ ।

यसै दशैंँ तिहारलाई लक्षित गर्दै दशैंँ तिहारका गीतहरु दिनानुदिन सार्वजनिक भैरहेका छन् । त्यसैगरी आज मात्रै अभिनव चौहानको शब्द कृष्ण लामिछानेको स्वर चर्चित गायिका रचना रिमाल र कृष्ण लामिछानेको स्वरमा तिहारै आयो बोलको तिहार गीत आज सर्व सम्मान म्युजिक प्रालि को आधिकारिक युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

जसमा प्रकाश क्षेत्री,सुरेश गौतम, अभिनव चौहान, पुष्कर आचार्य, बबिता परियार, कृष्ण बिसि (भान्जा ) लगायत मंगलम रेकर्डिङ्ग स्टुडियोका सम्पूर्ण कलाकारहरुको प्रस्तुति हेर्न सक्नुहुनेछ । प्रविन थापाको निर्देशन र नमराज घिमिरेको छायांकनमा यो गीतलाई तयार पारिएको हो।

गितको भिडियोः