मनोरञ्जन

भरत चौहानको शब्द तथा अभिनव चौहानको आवाजमा दशैँ गीत सार्वजनिक

कार्तिक २, काठमाडौं । अभिनव चौहानले पछिल्लो समयमा धेरै गीतहरु बजारमा लिएका छन् ।उनी आफै शब्द/ लय/स्वर र अभिनय र निर्देशन जस्ता थुप्रै काम आफैले गर्दै आएका छन् ।

हालसालै सार्वजनिक भएको दशै गीतमा उनै अभिनवको निर्देशन र आवाज र अभिनय रहेको छ । जसमा शब्द भरत चौहान र लय तथा एरेन्ज कृष्ण लामिछानेको छ ।

विरेन्द्र भट्ट र नमराज घिमिरेले निर्देशन गरेको यस गीतलाई विष्णु भट्टराईले सम्पादन गरेर अविरल फिल्मसको आधिकारिक युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

मंगलम रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको गीतमा अभिनव चौहान, सलिना बुढाथोकी, सावित्री दाहाल र कमल सेर्पालीको अभिनय देख्नु सकिने छ भने भरत चौहानको नामबाट बजारमा गीत आएको हो।

गितको भिडियोः